हजुरबा - हजुरआमाको कथा”

सात कक्षामा पढ्ने जेनिसा गुरुङलाई साहित्यिक विधाहरूमा सबभन्दा बढी कथा मनपर्छ । विद्यालयको पाठ्यपुस्तक बाहेकका पुस्तक पढ्दा पनि उनी कथाकै पुस्तक छान्छिन् । बालपत्रिका हात पर्‍यो भने त त्यसमा भएका सबै कथा पढेर भ्याउँछिन् । जेनिसा काठमाडौंको स्वणिर्म शिक्षा सदनमा पढ्छिन् । कथा पढ्न औधि रुचाउने जेनिसाले भनिन्- "आफैँले कथा पढ्नुभन्दा अरूले सुनाउँदा अझ रमाइलो हुन्छ ।" जेनिसाकै स्कुलमा कक्षा नौमा पढ्ने लिना श्रेष्ठ भने कथाहरूमा पनि लोककथा पढ्न मन पराउँछिन् । यस्ता कथाहरू आफैँले पढ्नभन्दा अरूले सुनाउँदा उनलाई पनि धेरै रमाइलो लाग्छ । जेनिसा र लिनालाई मात्र होइन, हामी सबैलाई कथा मन पर्छ । कथा भनेपछि हामी हुरुक्कै हुन्छौँ, होइन त ! कथा सुन्ने र सुनाउने परम्परा धेरै पुरानो हो । कथा भन्ने हजुरबाहजुरआमा वा आफूभन्दा ठूलालाई स-साना नानीहरू घेरा लगाएर बस्थे । अनि हजुरबा-हजुरआमालाई एउटा कथा नभनी सुखै हुन्नथ्यो । कथा ‘एकादेश’ बाट सुरु हुन्थ्यो र अन्त्यमा ‘सुुन्नेलाई सुनको माला’ भनी टुङ्ग्याइन्थ्यो । कथाहरू राजा-महाराजा, भूतप्रेत र गरिब किसान आदि विषयमा हुन्थे । यस्ता कथाहरूलाई अहिले लोककथाका रूपमा चिन्छौँ । लोककथाहरू हरेक समाजमा अनगिन्ती छन् । एक पुस्ताबाट अर्को पुस्तामा सुनेकै भरमा लोककथा जीवित रहेका हुन्छन् । बालबालिकाले पहिले-पहिले हजुरबा-हजुरआमाबाट कथा सुन्न पाउँथे । सबै गाउँ-ठाउँमा कथा भन्ने चलन थियो । मनोरञ्जनका साधनहरू धेरै थिएनन् । कथा सुनेर बालबालिकाले मनोरञ्जन लिन्थे । यस्तो मनोरञ्जन अहिले थोरैले मात्र पाएका छन् । कथावाचनमा सहभागी हुँदा मनोरञ्जन मात्र होइन बालबालिकालाई धेरै कुरामा फाइदा हुने कुरा लोकसाहित्यका विद्वान् डा.हंसपुरे सुवेदी बताउनुहुन्छ । उहाँको भनाइ छ- "नियमित कथा सुन्ने बालबालिकाको कल्पनाशक्ति बढ्छ । भाषाको विकास हुन्छ । राम्रो काम गर्ने प्रेरणा पनि मिल्छ ।" पहिले-पहिले कथा भन्नासाथ अहिलेको लोककथालाई बुझन्िथ्यो । बालसाहित्यकारहरूले लेखेका मौलिक कथा र विज्ञान विषयमा लेखिएका विज्ञान कथाको सुरुवात भएपछि समाजमा प्रचलित कथाहरू लोककथामा परिणत भए । अचेल लोककथाहरू पनि हामी पुस्तक र पत्रपत्रिकामा पढ्न पाउँछौ । लोककथाहरूकै आधारमा टेलिभिजन íङ्खलाहरू बनाइएका छन् । लोककथा सुन्ने र सुनाउने हाम्रो परम्परा अचेल त्यति छैन । बहत्तर वर्षपुग्नु भएकी ततामाया भक्तपुरमा बस्नुहुन्छ । सानो छँदा उहाँले थुप्रै कथा सुन्नुभयो । ठूलो भएपछि आफूले सुनेका कथा धेरैलाई सुनाउनुभयो । अचेल भने उहाँ कथा सुनाउनु हुन्न । सुनेका कथा पनि बिर्सिसक्नु भयो । उहाँले कथा भन्न किन छाड्नु भयो त - ततामाया हजुरआमाले भन्नुभयो- "पहिले जस्तो अचेलका बालबालिकालाई कथा सुन्ने फर्ुसदै छैन । होमवर्क गर्ने, टि.भी. हर्ेर्ने र नयाँ-नयाँ खेलमै उनीहरू समय बिताउँछन् । अनि कसलाई कथा सुनाउने -" २०६२ सालको एस्एल्सी परीक्षामा सबभन्दा बढी अङ्क ल्याएका स्वतन्त्र गौतम पनि बदलिँदो जीवन शैलीले कथा भन्ने परम्परा लोप हुँदै गएको बताउँछन् । स्वतन्त्र भन्छन्- "सानो छँदा थुप्रै लोककथा सुनेको थिएँ । ती कथा सुन्दा निकै रमाइला भएका थिए । त्यो रमाइलो अहिलेसम्म सम्झिराखेको छु । लोककथाले पनि हामीलाई धेरै ज्ञान दिन्छ । त्यसैले यस्ता कथाहरू सुन्नु पनि पर्छ, सुनाउनु पनि पर्छ ।" स्वतन्त्रले अगाडि भने- "बदलिँदो परिवेश अनुसार लोककथाको संरक्षण गर्न यसलाई लिपिबद्ध पनि गर्ने र कथावाचन गरेर मनोरञ्जन पनि लिनर्ुपर्छ ।" आफूलाई थाहा भएको कथा पत्रपत्रिकामा प्रकाशित गर्ने र विद्यालयहरूले त्यस्ता कथाहरूलाई विद्यार्थीमाझ सुनाउने गरेमा लोककथाको स्वाद लिन पाइने विचार चाहिँ लिना श्रेष्ठको छ । कथा सुन्ने सुनाउने परम्परालाई जीवित राख्न डा. हंसपुरे सुवेदीले भन्नुभयो- " बा-आमा, हजुरबा-हजुरआमासँग बालबालिकाले कथा सुन्ने र सुनाउने व्यक्तिलाई पनि सबैले प्रेरणा दिने वातावरण तयार पार्नुपर्छ ।" लोककथा होस् वा मौलिक कथा कथावाचनले बालबालिकाको पक्कै पनि सिर्जनशीलतालाई तिखार्छ । त्यसैले अचेल रेडियो, टि.भी., पुस्तकालय र कुनै-कुनै विद्यालयहरूसमेत कथावाचन कार्यक्रम सञ्चालन गर्ने गरिएका छन् । यस्ता कथावाचनमा सबै किसिमका कथावाचन गर्ने गरिएको छ तर यसबाट कमै बालबालिकाले मात्र कथाको स्वाद पाएका छन् । त्यसैले हाम्रो परम्परा पनि जोगिने, लोककथा पनि नहराउने भएकाले आजै आफ्नो हजुरबा-हजुरआमालाई एउटा कथा भन्न लगाउने पो हो कि ! कथाको माध्यमबाट हजुरबा-हजुरआमासँगको माया पनि बढ्ने अनि आफूले पनि सुन्न पाइने र अरूलाई पनि सुनाउन पाउने ।

Comments

Post a Comment