एक तिहाई व्यक्तिहरु भूतमा विश्वास गर्छन्



सबैभन्दा विकसित देश अमेरिका ! तर त्यहाँका निवासीहरुमध्ये एक तिहाई व्यक्तिहरु भूत-प्रेत र युएफओ (अनआईडेन्टीफाइड अब्जेक्ट्स्) मा विश्वास गर्छन् । यो तथ्य हालै गरिएको एक अध्ययनबाट प्रकाशमा आएको हो ।

एपी र इप्सोसले संयुक्त रुपमा गरेको अध्ययनले ३४ प्रतिशतले भूतप्रेत हुने कुरामा विश्वास लाग्ने बताएका थिए । त्यस्तै उनीहरु युएफओमा पनि निकै विश्वास गर्छन् भने टुनामुना र बोक्सीजस्ता कुराहरुमा १९ प्रतिशतले विश्वास गर्ने गरेका छन् ।

४८ प्रतिशत व्यक्तिहरु चाहिँ त्यस्ता घटना वा व्यक्तिहरुलाई इएसपी अर्थात् एक्स्ट्रा-सेन्सरी पर्सेप्सेन ठान्छन् ।

सिराकसमा बस्ने कोनार्ड डेविड जो अहिले ४० उमेर उकालो लागिसकिन्, उनको आफ्नै अनुभव छ । उनी बस्ने अघिल्लो घरमा साँच्चिकै आत्मा आउँथ्यो र त्यो आत्माले तिनलाई निकै समयसम्म तर्साइह्यो । त्यति मात्र होइन, जब उनले त्यो घर छाडिन्, त्यसपछि मात्र उनलाई आत्माले तर्साइ छाड्यो ।

अन्तरवार्तामा सहभागी २३ प्रतिशतले भूत देखेको वा भूतवाला अनुभव भएको बताएका छन् । यस्ता व्यक्ति चाहिँ प्रायः एकल जीवन बिताउनेहरु र क्याथोलिक विचारधाराका व्यक्तिहरु रहेका छन् । त्यसो त अन्तरवार्तामा ६६ वर्षीय पूर्व जलसेनाका रिटायर सेनाधिकृत मोरिस स्वाडेनर पनि छन्, जो भूत वा युएफओको अस्तित्वलाई बिल्कूलै महत्व दिँदैनन् । उनले भने- "जब बच्चा थिएँ, एक रात मैले भूत देखेँ- सेतो भूत ! मैले नजिकै रहेको बन्दूक झिकेँ र त्यसलाई हानेँ । बन्दूकको आवाज सुनेर मेरा बुवाआमा हतारिँदै आउनु भयो र बत्ति बाल्नु भयो । सेतो भूत त मेरो सेता सर्ट रहेछ ! अनि मेरा आमाबुवाले भर्खरै किनेर झुण्ड्याइएको सेतो सट दुलो परेकोमा ज्यादै नाखुश हुनु भयो ।"

१४ प्रतिशत कम आयवाला व्यक्तिहरुले प्रायः युएफओको उपस्थिति महसूस गरेका छन् ।

कम आय हुनेहरु, गाउँ निवासी र तल्लो जातका व्यक्तिहरु चाहिँ बढी टुनामुना र बोक्सीजस्ता कुरामा विश्वास गरेको अध्ययनले देखाएको छ ।

Comments

Post a Comment