दर्जनौँ भूतघर

दर्जनौँ भूतघर


पसलका लागि होस् वा बस्नका लागि, राजधानीमा कोठा भेट्नु चानचुने काम होइन । अझै व्यापारकि केन्द्रमा खाली ठाउँ भनेको भाग्यकै कुरा भइसक्यो । तर, राजधानी सहरकै मुख्यमुख्य भागमा वषर्ांैदेखि थुप्रै घर खाली छन् । डेरावाल र पसलेहरूले नदेखेर ती घर खाली रहेका होइनन् । मासिक लाखौँ रुपियाँ भाडामा जान सक्ने ती घरमा भूतप्रेतको बास भएको अन्धविश्वासका कारण खाली रहेका हुन् । ती घर 'भूतघर'का रूपमा चर्चित छन् ।

न्युरोडको रञ्जना गल्ली छिर्ने चोकैमा एउटा चारतले घर छ । जसको भुइँतलाबाहेकको पूरै घर एक दशकयता खाली छ । स्थानीय बासिन्दामाझ उक्त घरका बारेमा अनेकन किस्सा प्रचलित छन् । हरेक राती १२ बजेदेखि आउने भूतले मान्छेलाई आक्रमण गर्ने, सामानहरू बिगारििदनेलगायतका कैयन् किस्साहरू जोडिएका छन् उक्त घरसँग । न्युरोड क्षेत्रमा वर्षौंदेखि त्यो घर भूतघरका रूपमा चर्चित छ । घरको भुइँतलामा गुँदपाक पसल गर्ने घरधनी भने यस विषयमा केही बोल्न चाहँदैनन् । त्यही तलामा २० वर्षदेखि घडी पसल गररिहेका हर िश्रेष्ठ भने हल्लालाई नियोजित प्रचारका रूपमा अथ्र्याउँछन् । भन्छन्, "यस घरमा बसेदेखि मैले कहिल्यै भूत देख्नुपरेको छैन ।" 

बागबजारको मुख्य केन्द्रमा रहेको तीनतले पहेँलो घर पनि भूतघरका रूपमा चर्चित छ । स्थानीय बासिन्दाका अनुसार पछिल्ला १५ वर्षयता यस घरका माथिल्ल्ाा तला गोदाममा परण्िात भएका छन् । डेढ दशकअघि स्नोलायन होटल हटेदेखि नै त्यस घरमा भूतको प्रभाव देखिन थालेको छिमेकीहरू बताउँछन् । करबि तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त घर भाडामा लगाउने हो भने मासिक लाखौँ रुपियाँ आम्दानी हुन सक्छ । छिमेकीहरूका भनाइमा सेतो कपडा लगाएर, घोडा चढेर आउने भूतहरूले रातभर सुत्न दिँदैनन् रे ।" सोही घरको भुइँतलामा पसल गरेर बस्ने जयराम तिम्सेनाले सो कुरा निराधार रहेको तर्क गर्छन् । उक्त घरको हेरचाह गर्दै आएका भगवान क्षेत्री भने कैयन्पटक भूतकै कारण तर्सिसकेको बताउँछन् । प्रायः राती र कहिलेकाहीँ त दिउँसो नै तर्साउने गरेको उनको अनुभव छ । "भूत देखिँदैन," क्षेत्री भन्छन्, "घोडा हिँडेजस्तो आवाज आउँछ र सामान फुटाले जस्तो चर्को आवाजले बारम्बार तर्साउँछ ।"

स्यूचाटारस्िथत विद्युत् प्राधिकरणसँगै रहेको सेतो रंगको घर पनि भूतघरका रूपमा चर्चित छ । ३५ वर्षदेखि त्यस घरका अगाडि बस्दै आएका श्याम बलामी वास्तविकता बताउँदा बताउँदा आजित भएका छन् । जापानी शैलीको दुईतले घर पछिल्ला आठ वर्षयता खाली छ । अधिकांश स्थानीय बासिन्दा उक्त घरमा भूत आउने विश्वास गर्छन् । भाडामा लगाउने हो भने मासिक ५० हजार रुपियाँभन्दा बढी उठ्ने उक्त घरमा भूतको बास भएको हल्लाकै कारण भाडामा जान छैन । स्थानीय युवक देवकुमार लामाले पनि वषार्ंैदेखि उक्त घरमा भूत आउने कुरा सुनेका छन् । अर्का स्थानीय बासिन्दा हरपि्रसाद पौडेलले पनि स्कुले केटाकेटीलाई तर्साएको, राती भूत कराएको जस्ता अनेक कुराहरू पौडेलले सुनेका छन् । भन्छन्, "तर, आफ्नै आँखाले भने देख्न पाएको छैन ।" स्थानीय बासिन्दाहरू सो घरको किनबेच चलिरहने भए पनि बस्न कोही नआएको बताउँछन् ।

भ्fmन्डैझन्डै स्यूचाटारकै जस्तो छ बाफल, सलफाँटमा रहेको चारतले रातो घरको अवस्था । डेढ वर्षयता भूत बसेको आशंकाका कारण उक्त घर खाली रहेको छ । अधिकांश स्थानीय बासिन्दा सो घरमा भूत आउने तर्क गर्छन् । उनीहरूका अनुसार, मध्यरातमा देखापर्ने अनौठी केटीले उक्त घरमा बितन्डा मच्चाउने गर्छे रे । घरभित्र रहेको इनारमा मान्छे हाम फालेको आवाज आउने र बाथरुममा मानिस नुहाइरहेको जस्तो हुने तर बाथरुमा खोलेर हेर्दा केही नदेखिने गरेको उनीहरू बताउँछन् । उक्त घरका धनी असनमा बस्छन् । उक्त घरसँगै जोडिएको अर्को सानो घरमा एक दम्पती बसेका छन् । उनीहरूले भूतघर भनिएको उक्त घरको स्याहार गर्दै आएका छन् । तर, उनीहरू यस विषयमा बोल्न चाहँदैनन् । सँगै जोडिएका सबै घरका कोठा बहालवालाले भरँिदा पनि सो आलिसान घर सुनसान छ ।

मूलपानी तिवारीटोलको सडक छेवैमा रहेको पुरानो तीनतले घर पनि वरपर भूतघरका रूपमा परििचत छ । उक्त घरसँग जोडिएका अनेकन किस्सा प्रायः मूलपानीका चियापसलमा गफका विषय बन्छन् । भूत लाग्ने विश्वासकै कारण भाडामा बस्न आउनेहरू छिट्टै डेरा सर्छन् । छिमेकी लेमी शेर्पा भन्छिन्, "हरेक बिहान भाडामा बस्नेहरू भूत आएको कथा सुनाउन आइपुग्छन् ।" उनका अनुसार, सुतेको बेला तर्साउने, मान्छे घिसारेर लैजान खोज्नेसम्मका घटनाहरू हुने गरेका छन् । भूत लाग्ने अन्धविश्वासकै कारण घरबेटीले दुई वर्षअघि मात्रै पिँढीमा मनकामना र गणेशको मन्दिर बनाएका छन् । उक्त घरमा आठ महिना बसेर केही समय पहिले सरेकी शान्तमाया तामाङ भने आफूले भूतको अनुभव गर्नु नपरेको बताउँछिन् । आफू उक्त घरमा बस्दा हरेक दिन बटुवाले समेत भूतका बारेमा सोधेर हैरान पारेको सम्झना भने उनलाई ताजै छ ।

कीर्तिपुरस्िथत नेपाल भाषा एकेडेमी रहेको स्थान पनि भूत लाग्ने ठाउँका रूपमा चर्चित छ । उक्त ठाउँमा केही पहिलेसम्म एक्लै हिँड्ने मानिसलाई भूतले नाम नै काढेर बोलाउने गथ्र्यो भन्ने स्थानीय बासिन्दाको भनाइ छ । त्यही विश्वासले गर्दा नै एकेडेमीको भवन निर्माण गर्ने बेलामा उक्त स्थानमा स्वस्ित-शान्ति गरएिको थियो ।

सभ्य र प्राज्ञिकहरूको थलो मानिएको राजधानीमै रहेका यस्ता खाली घरहरूले भूतपे्रतप्रतिको सहरी अन्धविश्वासलाई हुर्काइरहेको छ । भूत र प्रेतका अनेकन किस्सा जोडिएका यस्ता घरहरूमा आजसम्म न कसैले बस्ने हिम्मत गरेको छ, न भूतपे्रतको परम्परागत मान्यताका विरुद्ध कसैले बोल्ने साहस नै । राजधानी काठमाडौँमा विद्यमान अन्धविश्वासको परम्परालाई वर्षौंदेखि यस्ता घरसँग जोडिएका अनेकन किस्साले मलजल गररिहेका छन् ।

राजधानीमा भूतबाट समस्या खेप्नुपरेको ठान्नेहरूको ठूलै जमात रहेको छ । भूतप्रेतको अस्ितत्व रहेको ठान्नेहरू खुलेरै नआए पनि यस्तो विश्वास गर्नेहरूको संख्या सानो छैन । यहाँका हरेक चोकमा खुलेका तन्त्र साधनाको माध्यमबाट भूत हटाउन सक्ने दाबी गरएिका तान्त्रिकहरूको व्यवसाय त्यसैको एउटा प्रमाण हो ।

वास्तुविद् वासुुदेवकृष्ण शास्त्रीकहाँ हरेक महिनामा कम्तीमा पनि पाँच-सात जना ग्राहक भूत-प्रेतको समस्या लिएर आउने गर्छन् । अधिकांशले भूतले राती सुत्न नदिने, भाँडा बजाउने, बच्चालाई तर्साउने जस्त्ाा समस्या लिएर आउने शास्त्रीको अनुभव छ । उनका अनुसार, राजधानीमा भूत र प्रेतको समस्यामा परेको अनुभव गर्नेहरूको संख्या कम छैन । नेपाल ज्योतिष परष्िाद् अन्तर्गतको तान्त्रिक विभागका अध्यक्ष ज्योतिषी सहदेव विष्टको अनुभव पनि शास्त्रीको भन्दा फरक छैन । उनीकहाँ आउने ग्राहकमध्ये दैनिकजसो कम्तीमा तीन-चार जनाको समस्या भूतप्रेतसँग नै जोडिएको हुन्छ ।

संस्कृतिविद् गोविन्द टन्डन पनि राजधानीमा भूतप्रेतप्रतिको विश्वास निकै गहिरो रहेको बताउँछन् । आफूलाई आधुनिक देखाउने नाममा भूतप्रेतको कुरा नगरे पनि अधिकांश मानिस भूतप्रेतको अस्ितत्व स्वीकार्छन् र आफ्ना कमजोरीको दोष प्रेतमाथि थोपर्छन् । उनका अनुसार, सांस्कृतिक अवशेषका रूपमा पनि भूतको परम्परा विद्यमान छ, जसलाई मानिसहरूले बेलाबखत ब्यूँताउने गरेका छन् ।



भूतप्रेतः संस्कृतिकै अंग

भूतप्रेतप्रतिको अन्धविश्वास संस्कृतिकै एउटा पाटोका रूपमा विद्यमान छ । खासगरी उपत्यकाको नेवारी सभ्यतामा भूतप्रतिको विश्वास र यससँग जोडिएका सांस्कृतिक चलनहरूको लामो परम्परा छ । त्यसो त वैदिक परम्परामा पनि भूतसँग जोडिएका अनेकन सांस्कृतिक रीतिरविाजहरू नरहेका होइनन् ।

नेपाल तथा दक्षिण एसियाली अध्ययन केन्द्र -सिनास)का इतिहास र संस्कृति विषयका प्राध्यापक पेशलकुमार निरौलाका अनुसार, भूत र प्रेतको परम्परा संस्कृतिसँग जोडिएर आएको हो । उनका अनुसार राजधानीको नेवार समुदाय, जनजाति र किराँत परम्परामा भूतको अस्ितत्वमाथि बढी विश्वास गरन्िछ । उपत्यकामा भूतप्रेतसँग सम्बन्धित लामो सांस्कृतिक परम्परा पनि रहेको छ । थाङ्का चित्र र परम्परागत वास्तुकलामा पनि भूतप्रेतका संकेतचिन्ह पाइनुले भूतको परम्परा लामो रहेको निरौलाको भनाइ छ । उनका अनुसार, राजधानीमा भूतप्रेतको परम्परा तिब्बतबाट भित्रिएको हो । तिब्बती बोन संस्कृतिमा भूतप्रेतका अनेकन लोककथाहरू प्रचलित छन् । मल्लकालमा व्यापारका सिलसिलामा तिब्बत पुगेका नेवार समुदायका सदस्य भूतका ती कथाहरूबाट प्रभावित हुँदा कालान्तरमा त्यो विश्वासमा परण्िात भएको निरौलाको कथन छ ।

नेवारी संस्कृतिका कैयन् चाडपर्वहरूका पछाडि भूतका अनेकन लोककथाहरू सुन्न पाइन्छ । त्यति मात्रै होइन, राजधानीका कैयन् ठाउँहरूको नामसमेत भूतसँग सम्बन्धित रहेका छन् । पिचासको भात ख्वाउने ठाउँलाई नेवारी भाषामा जालाख्या भन्ने गरन्िछ । कालान्तरमा जालाख्याबाट नै जावलाखेल नामकरण रहेको हो । संस्कृतिविद् सत्यमोहन जोशी भन्छन्, "नेवारी परम्पराका कैयन् चाडबाड मनाउनुका पछाडि भूतसँग सम्बन्धित किंवदन्ती छन् ।" परापूर्वकालमा दक्षपा नामक राक्षसको बध गरेपछि नरदेवीका स्थानीय बासिन्दालाई मिखा लाँखे अर्थात् राँके भूतले दुःख दिन थालेपछि नरदेवी मन्दिरको स्थापना गरएिको विश्वास छ । त्यस्तै गरी हरेक वर्ष साउन दिल्लागा त्रयोदशीका दिन उपत्यकाका नेवार समुदायले घर-घरबाट प्रेतात्मा निकालेर घन्टाकर्ण पर्व मनाउने गर्छन् । संस्कृतिविद् जोशीका अनुसार, कानमा घन्ट झुन्ड्याउने नरभक्षी घन्टाकर्ण भूतलाई मारेको सम्झनामा हरेक वर्ष यो पर्व मनाइने गरन्िछ ।

हरेक वर्ष हुने रातो मछिन्द्रनाथको भोटो देखाउने जात्राको सुरुवात पनि भूतका कारण भएको मानिन्छ । कथा अनुसार भक्तपुरका ज्यापुले टौदहमा रहेको नागबाट उपहारस्वरूप पाएको मणिजडित भोटो भूतले चोरेपछि उक्त भोटोको आधिकारकिताको विषयमा भूत र ज्यापुबीच ठूलो झगडा परेको थियो । उक्त भोटोको आधिकारकिता प्रमाणित गर्न नै रातो मछिन्द्रनाथको जात्रामा हरेक वर्ष भोटो देखाउने गरएिको हो ।

त्यस्तै गरी हरेक वर्ष मनाइने गाईजात्रामा पनि मरेपछिका मानिसको आत्म शान्त होस् र भूतप्रेत नलागोस् भनेर कामना गरन्िछ । इन्द्रजात्राको दिन मजिपाः लाखे देखाउनुका पछाडि पनि भूतकै कहावत छ । संस्कृतिविद् जोशी भन्छन्, "ललितपुरको लगनमा त भूत बस्ने घर नै निर्माण गरएिको छ ।" उनका अनुसार विभिन्न जात्रामा देखाइने लाखेहरू भनेकै भूतका विभिन्न रूप हुन् । हरेक वर्ष माघ शुक्ल अष्टमीमा मनाइने इन्द्रायणी जात्रामा देखाइने लाखे पनि भूतको परम्परागत स्वरूपप्रतिको विश्वास हो । जोशीका अनुसार, परम्परादेखि कीर्तिपुरका बासिन्दाले मान्छे मारेर खाने भूतसँग सम्झौता गरेका थिए । उक्त सम्झौता अनुसार, हरेक दिन गाउँका मान्छे भूतको आहार हुन पालैपालो जानुपर्ने नियम तोकिएको थियो । एकदिन इन्द्रायणी देवीले उक्त भूत मारििदएपछि कीर्तिपुरका मानिसले शान्ति पाएका थिए । तर, भूतसँग गरएिको सम्झौता तोड्न नहुने भन्दै हरेक वर्ष इन्द्रायणी जात्रामा स्थानीय बासिन्दाले भूतलाई रक्सी र अनेकन परकिार चढाउने गर्छन् । त्यति मात्रै होइन, मान्छे खाने भूतको आहार बन्ने भन्दै खुला चौरमा छाप्रो हालेर एक जनाले रात बिताउने चलन कायम छ । जोशी भन्छन्, "भूत त हाम्रो संस्कृतिकै एक अंग जस्तो भइसक्यो ।"

वैदिक परम्परामा पनि भूतसँग जोडिएका अनेकन सांस्कृतिक पक्षहरू छन् । लुतो फाल्ने पर्व र गरुण पुराण वाचन भूतलाई शान्त पार्नकै लागि गरनिे परम्परा हुन् । संस्कृतिविद् टन्डनका अनुसार, केही वर्षअघिसम्म राजधानीमा मकै पाकेपछि भूतलाई नचढाईकन खानु हँदैन भन्ने मान्यता थियो ।



भूतको अस्तित्व

अहिलेसम्म भूत छ वा छैन भन्ने विवादको किनारा लाग्न सकेको छैन । हालै मात्र बेलायती मनोवैज्ञानिकहरूले गरेको अध्ययनले मस्ितष्कको भ्रम र त्यसले शरीरमा उत्पन्न गराउने प्रतिक्रिया नै भूत हो भन्ने निष्कर्ष निकालेका छन् ।

हार्टफोर्डसायर विश्वविद्यालयका रचिर्ड वाइजमैन र उनका सहयोगीले गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो । उनीहरूले बि्रटेनमा सबैभन्दा धेरै भूत लाग्ने विश्वास गरएिको हेम्पटन कोर्ट प्यालेस, एडिनवरा र स्कटल्यान्डको साउथ बि्रज वाल्ट र इमरात नामका ठाउँ र संरचनाको अध्ययन गरेका थिए । भूत लागेको विश्वास गर्ने सयौँ मानिसमा उक्त अध्ययन गरएिको थियो । वाइजमैनका अनुसार भूत लागेको विश्वास गर्नेहरूमा केही आश्चर्यजनक असरहरू देखापरेका छन् । तर, त्यसबारेमा उनीहरू पनि केही प्रमाण दिन सक्दैनन् । नेपालमा मात्रै होइन, विश्वभर नै भूतका विषयमा अनेकन कथाहरू प्रचलित छन् ।

विश्वमै अहिलेसम्म भूतको तस्िबर खिच्न सकिएको छैन । भूत छ वा छैन भन्ने विषयमा चलेको बहस निष्कर्षमा पुग्न सकेको छैन । संस्कृतिविद् टन्डन, जोशी र प्राध्यापक निरौला पनि भूतको अस्ितत्व नकार्न सक्दैनन् । वास्तुविद् शास्त्रीका अनुसार भूत भनेको भ्रम मात्रै हो । तर, वास्तुको सिद्धान्त विपरीतका कामहरू भएपछि प्रकृतिमा देखा पर्ने असन्तुलनलाई नै मानिसले भूतका रूपमा लिएको उनको बुझाइ छ । संंस्कृतिविद् टन्डन भन्छन्, "भूत भनेको मनोवैज्ञानिक डर मात्रै हो ।" भूतसँग जोडिएका अनेकन घटनाहरू सुनेका टन्डन भन्छन्, "मानिसमा चेतना र विवेकको तह कमजोर भएपछि भूतप्रेतप्रतिको विश्वास बढ्ने गर्छ ।" प्राध्यापक निरौला पनि भूत नरहे पनि यो मानिसको मनसँग सम्बन्धित रहेको तर्क गर्छन् । भूत देखेको दाबी गर्ने तान्त्रिक विभागका अध्यक्ष विष्ट भने मान्छे मरेपछि अतृप्त आत्मा भूत बन्ने गरेको दाबी गर्छन् । आफूले १९ वर्षसम्म तान्त्रिक साधना गरेको दाबी गर्ने विष्ट भन्छन्, "तर, यो प्रमाण दिन सकिने विषय होइन ।"







भूत दिवस

हिन्दु धर्ममा मरेका आफन्तहरूको सम्झनामा उपाकु, मतया तथा गाईजात्रा मनाएझँै क्रिस्िचयन धर्मावलम्बीहरूले भूत दिवस मनाउने गर्छन् । अक्टोबर ३१ लाई भूत दिवसको दिनका रूपमा लिइन्छ । यसलाई मृत्युको पर्व पनि भन्ने गरन्िछ । यस दिन बच्चाहरू टि्रक अर टि्रट भन्दै घरघरमा रंगीविरंगी पोसाक लगाएर जाने गर्छन् । यस्ता बच्चाहरूलाई चकलेट, क्यान्डी जस्त्ाा मिठाइहरू दिने गरन्िछ ।

पौराणिक कालमा मानिसहरूले पृथ्वीलोक र अर्को दुनियाँ -नर्क)बीच रहेको एउटा सानो बाटोबाट मरेका मानिसहरूको आत्मा पृथ्वीमा आउने विश्वास गरन्िछ । त्यस बाटोबाट आउने नराम्रा प्रेतात्मालाई धपाउने तथा राम्रा आत्माहरूलाई बोलाउने दिनका लागि हरेक वर्ष यो दिवस मनाउने गरन्िछ ।









भूतको मेला पनि

प्रत्येक वर्ष कात्तिक शुक्ल पूणिर्माका दिन धनुषाको इनर्वा गाविसको सिमानामा बग्ने कमला नदीमा भूत मेला नै लाग्ने गर्छ । उक्त मेलामा तन्त्र सिद्ध गर्ने भन्दै हजाराँै तान्त्रिकको ओइरो लाग्ने गर्छ । जगल्टा फिजाएको, पहेँलो कपडा लगाएको, नाच्दै र उप|mँदै गरेको, मनपर्दी बोलिरहने, डरलाग्दो क्रियाकलाप देखाउँदै गरेका अनेकन दृश्यहरू उक्त मेलामा देख्न पाइन्छन् ।

महोत्तरी जिल्लाको उत्तरवर्ती महाशक्ति पीठ सोनामाईमा पनि हरेक वर्ष भूत मेला नै लाग्ने गर्छ । जलेश्वर-बर्दिवास सडक खण्डमा पर्ने सोनामाई देवी भूतप्रेत तथा धामीझाँक्रीका लागि प्रसिद्ध छ । घटस्थापनाको दिनदेखि नै सोनामाईमा भूतपे्रतबाट दुःख पाएको भन्दै त्यसको निवारणमा हजारौँ मानिसको ओइरो लाग्ने गर्छ । यस्तो परम्परा धनुषा र महोत्तरीमा परम्परागत रूपमा हरेक वर्ष चल्दै आएको छ ।

Comments

Post a Comment