म र मेरा नायकहरू.....................


सन्तान बिग्रीयोस् त कुन बुवाआमा को मनले पो भन्छ र । त्यसमाथी पनि इन्जिनियर बुवा, सबै जानेका बुझेका । कुरा १९६० को दशक तीरको हो । भर्खर टिन एज सुरु हुदै गर्दा साहित्यमा रुची मोडीदै थियो उनको । फुटकर नै भएपनि गीत कविता रच्न थाले । तर यि सबै कुराबाट परीवार कत्ती सन्तुष्ट थिएन । आमाले धेरै सम्झाइन् । उनलाई ठिकै जस्तो पनि लाग्यो । र अन्ततः आमाकै सल्लाह अनुशरण गर्न खोजे पनि । वकील बनाउन भन्दै कानुन पढाइ हुने कलेजमा उनको भर्ना गरीयो । तर मन कसरी थामिन्थ्यो र ? पढाई पनि बिचमै छाडे । कुनै पनि काममा उनलाई सन्तुष्टी मिलेन । उनको आचरणबाट परीवार आजीत थियो । त्यसैले त मेन्टल हस्पीलसम्म लगीए उनी । एक, दुई पटक मात्र होईन तीन–तीन पटक सम्म । जहाँबाट उनी भागे । ब्राजीलमा लेखेर जीवन धान्न सकिन्छ भन्ने कुरामा कत्ती विश्वास थिएन उनको परीवारमा । त्यसमाथी पनि कठोर सैनिक शासन । धेरै साहीत्यकाहरु सरकारी निशानामा पर्थे त्यसताका त्यहाँ । भर्ना भएको वर्ष दिन नपुग्दै कलेज छाडेर घुम्न निस्किए, बिन्दास पारामा ।


त्यही बिन्दास ठिटो पछि पाउँलो कोएल्हो भएर जन्म लियो, विश्व साहीत्यमा । अंग्रजी कत्ती नजानीकनै संसारमा सार्वाधीक विक्री भएको पुस्तकका लेखक भए, पाउँलो । उनी भन्छन्, ‘कुनै पनि मान्छेको सबै भन्दा ठुलो कमजोरीे असम्भव शब्द आफ्नो शब्दकोशमा फेला पार्नु हो ।’ उनको यही आदर्शनै द अलक्यामीस्ट, ईलाभेन मिनेट जस्ता सफल उपन्यासको उत्पत्तीमा सहायक सिद्ध भयो । उनका उपन्यासहरु धेरै इतिहासका निर्माता पनि भए ।

पाउँलोको जन्म संन् १९४७ मा ब्राजीलको जनेएरो शहरमा आर्थीक रुपले सबल परिवारमा भएको थियो । आलकाँचो उमेरमै सबै त्यागेर निस्के पनि केही महीनामै ब्राजील फर्के । अनी सुरु भयो भुमिगत पत्रीका प्रकाशन । सैन्य शासनका कारण खुलेआम पत्रीका प्रकाशन सम्भव थिएन । केही समयका लागी भुमिगत पत्रकार पनि बने उनी । उनले रचेका विभिन्न गीत, कविताहरुले बजार तताउदै गए । आफ्नो व्यवसायीक लेखनको सुरुवात उनले यसैबाट भएको मानेका छन् । लेखेर ज्यान पाल्न सकिन्न भन्ने आफ्नो आमाको सुझावबाट छाएको निराशा क्रमश घट्दै गयो ।

ब्राजीलको मुलधारका दैनिकहरुमा नियमीत लेख रचना छापीदै गए र पछि स्तम्भकार पनि बने । लेखनमा मात्र नभएर नाटक निर्देशनमा पनि कहलीन पुग्यो उनको नाम । निर्देशनको अलवा आफै पनि नाटकको पात्रका रुपमा मञ्चमा निस्कीए । ब्राजीलका सफल नाट्य निर्देशकहरुको सानै सुचीमा पनि उनको नाम भेटीन थाल्यो । सन् १९७४ मा पाउँलो पक्राउ परे, देशको राजनीतिक व्ययस्थालाई कमजोर पार्ने षड्यन्त्र गरेको अभियोगमा । उनका रचनाहरु उत्तरपन्थी भएको र आफ्नो शासनको विरोध गरेको महसुस तत्कालीन सैनिक शासनले गर्यो ।

उनको पुस्तक छाप्ने सपना पुरा भईसकेको थिएन । त्यसको लागी जीवनको अठ्तीसै वर्षसम्म कुर्नु पर्यो । सन् १९८२ पाउँलोको पहिलो उपन्यास हेल आचरीज् प्रकाशीत भएको उनको आधिकारीक वेभसाइटमा उल्लेख छ । हेल आचरीस्ले कुनै पनि चर्चा पाएन । यो प्रकाशन अघिनै बनेको उनको प्रतीष्टा झन् धुमिल्याउने काम मात्र भयो । यसबाट निराश भएका पाउँलो सन् १९८५ ताका तिर्थयात्रामा निस्कीए, उत्तरी पश्चिम स्पेनको शान्तीयागो द कम्पोसीटा तिर । यो नै उनको जीवनको महत्वपूर्ण टर्नीङप्वाइन्ट रहन पुग्यो ।

सन् १९८५ मै प्राक्टीकल म्यानुल अफ भ्याम्प्रिज्म बजारमा आएपनि उनी आफैले यसलाई स्तर हिन् भनी प्रचारमा ल्याउन चाहेनन् । लगत्तै अर्को वर्ष द पिल्ग्रीमेज निकाले । शान्तीयागो द कम्पोसीटा तिर्थयात्राको वर्णन यसमा गरीएको छ । अघिल्लाको तुलनामा सफल नै रहे पनि उनको सपना पुरा गर्नमा खासै योगदान यसले पनि गर्न सकेन । एक अन्तर्वाता (सन् १९८६) मा उनले भनेका छन्, ‘खान, लाउन र मन पराएकी श्रीमती त पाए तर लेखक बन्ने धोको अझै पुरा हुन सकेन ।’ अरु सबै त्यागेर उपन्यास लेखन मात्र लाई आफ्नो उदेश्य बनाएको घोषणा उनले त्यही बेला गरेका थिए ।

द अलक्यामीस्ट उनको सर्वाधिक सफल उपन्यास । द पिल्ग्रीमेज पछिको अर्को वर्ष १९८७ मा प्रकाशीत भएको थियो । सुरुमा ब्राजीलकै एउटा सामान्य प्रकाशन गृहबाट निकाले । नौ सय प्रती छापीयो । प्रकाशन गृहले फेरी छाप्न जरुरी सम्झेन । तर अर्काे वर्ष विर्धा छाप्न अलि ठूलै ठाउँमा पुगेपछि द अलक्यामीस्ट त्यहाँबाट पनि निकालीयो । हेर्दाहेर्दै त्यो वर्ष द अलक्यामीस्ट ब्राजीलको सर्बाधिक बिक्री हुने पुस्तक बन्न पुग्यो । द अलक्यामीस्ट ब्राजीलमा मात्र सिमीत भएन । संसार भर सर्वाधिक बिक्री भएको इतिहास यसैको नाममा लेखीएको छ । आजसम्म ६५ मिलीयन प्रती द अलक्यामीस्ट बिक्री भएको आधिकारीक तथ्याङ्क छ । कुनै पनि जीवीत लेखकको धेरै भाषामा उल्था हुने किताबको रेकर्ड पनि पाउँलोकै नाममा छ । ६७ भाषामा उल्था भएको छ द अलक्यामीस्ट । यसैका लागी जिनियस वर्ड रेकर्डमा उनको पनि नाम लेखीयो । भाग्यको खोजीमा निस्केको एउटा गोठालाको कथा हो यो । अमेरीका, वेलायत, फ्रान्स, ईटाली लगायत तिस भन्दा बढी देशका स्कुल, कलेज, युनिभरसिटीमा विद्यार्थीहरुलाई द अलक्यामीस्ट पढ्न लगाईएको छ ।

द अलक्यामीस्ट पछि आफ्नो सपना पुरा भए झै लाग्यो रे उनलाई । यद्धपी लेखन यात्रा भने रोकीएन । त्यसपछि हरेक वर्ष जसो कृतीहरु निस्कीनै रहे । द फिफ्त माउन्टेन, भेरोनीका डिसाईड्स टु डाई, इलाभेन मिनेट, लाईक द फल्इङ रिबर, द भलकेराईज्, द वुइच अफ प्रोटोबेला, जहीर, द वीनर स्ट्याण्डस् एलोन ं आदी जन्मीए द अलक्यामीस्ट पछि । आजसम्म २६ वटा उनका कृती पुस्तक आकारमा बजारमा निस्कीएका छन् । द पिल्ग्रीमेज र द भलकेराईज् उनको आफ्नै जीवनका घटनामा आधारीत छन् । पाउँलोका एक सय मिलीयन जती किताब बिक्री भएका छन्, १५० देशहरुमा ।

आलोचकहरु पाउँलो कोएल्होलाई कमजोर लेखकको संज्ञा दिन्छन् । लेखक रोबर्टो बोलानोले त उनलाई शब्द भण्डारमा कमजोर भएको आरोप पनि लगाए । उनका भाषा निकै सरल हुन्छन् । उनको ईलाभेन मिनेट्सको धेरै आलोचन भएको छ । वेस्या पात्र मारीयालाई निकै आदर्श देखाईएको छ यसमा । जुन व्यवहारीक जीवनमा सम्भव छैन । तर पाउँलो आफै भने आफ्ना कृतीको निकै वकालत गर्छन् । मारीया वास्तविक पात्रनै भएको उनको दाबी छ । त्यसो त उनले यो उपन्यास वेस्याहरुको भेला गराई लामो अनुसन्धान पछि मात्र लेखेका थिए । पाउँलो अंग्रजी नजान्नेहरुका लागी पनि राम्रो उदाहरण हुन् । आफ्ना सबै कृती आफ्नो स्थानीय भाषामा नै लेखेका थिए उनले ।

पाउँलोको धेरै उपन्यासहरु पर्दामा उतारीएका छन्, चलचित्रको रुपमा । कती चलचित्र पर्दशनको तयारीमा पनि छन् । भेरोनीका डिसाईड्स टु डाई, र द अलक्यामीस्ट उनका पर्दामा आउन लागेका चलचित्र हुन् । धेरै टे.भि च्यानलहरुमा उनको जीवनीको डकुमेन्ट्री प्रसाहरण भएको छ । सन् १९९६ मा उनले एउटा संस्था खोले, आफ्नै नामबाट । आर्थीक रुपले विपन्न बालबालिका, वृद्धको हेरचाह हुन्छ, पाउँलो कोएल्हो ईस्टीटीउटमा । उनका बिक्री पुस्तकबाट निश्चीत लेबी जान्छ त्यहाँ ।

२००७ मा संयुक्त राष्ट्र संघको शान्ती दुत घोषीत हुदाको क्षण आफु जीवनमै सर्वाधीक खुसी भएको उनले बताएका थिए । युरोपियन युनियन वर्ष २००८ को लागी अन्तरसाँस्कृतीक संबाद राजदुत पनि रहे उनी । ब्राजीलीयन एकेडेमी अफ लेटर्स, दोहाँ सेन्टर फर मिडिया फ्रीडम लगायत धेरै संस्थाहरुका उनी बोर्ड सदस्य समेत हुन् । वल्र्ड ईकोनोमीक फोरमले आफ्नो सबैभन्दा प्रतीस्ठीत पुरस्कार क्रिस्टल एवार्डबाट (सन् १९९९) कोएल्होको सम्मान गरेको छ । फ्रान्स सरकारको राष्ट्रीय सम्मानबाट उनी संन् २००० मा सम्मानीथ भएका थिए । वेस्ट ईन्टरनेशनल राईटर (स्पेन, २००८), डिस्टीङ्सन् अफ अनर (डेनमार्क, २००७), द बुडापेस्ट प्राईज (हङ्गेरी, २००५), गोल्डेन फेडेर अवार्ड (जर्मनी, २००५) लगायतका थुप्रै राष्ट्रीय तथा अन्तराष्ट्रीय प्रतीष्ठीत पुरस्कार तथा सम्मान पाएका छन् उनले ।

कास्टनेडा, हेनरी मिलर, विलीयम बेलेक उनी आफैले मनपराएका लेखकहरु हुन् । अर्को विशेषता छ उनको, धर्ममा खुब विश्वास गर्छन् । कुनै दिन सेतो प्वाख देखे भने, नयाँ किताब लेख्न सुरु त्यही बाट गर्छन् । उनी भन्छन्, ‘ सेतो प्वाख भगवानले मलाई नयाँ सुरु गर भन्ने सन्देश दिन पठाएका हुन् झै लाग्छ ।’

यसरी मेन्टल हस्पीटल देखी विश्व प्रसिद्ध लेखकसम्मको यात्रा तय गरे पाउँलोले । कष्टकर जेल जीवन पनि पर्यो उनको भागमा । आफ्नो परीवारलाई पनि गलत ठान्दैनन्, भन्छन्, ‘मेरो असामान्य व्यवहारबाट आजीत भएर सुधारको लागी मेन्टल हस्पील लगीएको थियो, मेरो भावनामा चोट पुर्याउन होईन ।’ निकै सरल भाषामा जीवनका यथार्थ कुरालाई प्रस्तुत गर्ने शैलीकै कारण आज साच्चिकै लेखक बन्न सके । वातावरण मात्र पनि सबै कुरा होईन, काम प्रतीको लगान सफलताका मुख्य सिढी हुन् भन्ने उनको जीवनबाट बुझ्न सकिन्छ ।

Comments

Post a Comment