मैले सधैं आफूप्रति विश्वास गरें । सानो छँदा जुन प्रकारको आनीबानी थियो, समयअनुसार त्यो विस्तार हुँदै गयो । जीवनमा केही गर्नुपर्छ भन्ने कुरा मैले सानैमा बुझेकी थिएँ । सुषुप्त रूपमा मेरो मनमा रहेको भावना समयसँगै झागिँदै गयो । मलाई जीवनमा कसैदेखि डर लागेन । देखेको कुरा स्पष्ट भन्ने हँँुदा मैले छुच्चीको संज्ञा पनि पाएकी थिएँ । जीवनमा अनेक आरोह-अवरोह आए तर मैले चट्टान बनी त्यसको सामना गरिरहें । म कसैको दुःख देख्न सक्दिनथें । आफ्नो दुःख एकातिर पन्छाएर मैले आफूलाई समाजसेवामा समर्पित गरें । अहिले आफ्नो निर्णय ठीक लागिरहेछ । आज हजारौं महिलाको माइती हुन पाएकोमा म खुुसी छु । म मेरा खुसी उनीहरूमा देख्छु । अरूलाई केही गरेर जुन सन्तुष्टि मिल्छ त्यो अवर्णनीय छ । उद्धार गरिएका चेलीहरूले रोएर आफ्नो मनको बह पोख्दा आफू पनि रोएर साथ दिन्छु । सुखका समयमा उनीहरूसँग खुसी बाँड्छु । मैले जीवनमा कमाएको अमूल्य सम्पत्ति यही हो ।
दिदी अनुराधा
असहाय एवं अन्यायमा परेका नारीहरूको पक्षमा काम गर्ने सशक्त नारी अनुराधा कोइराला एउटा सुपरिचित नाम हो । बेचिएका चेलीको उद्धार गर्न होस्, विदेशबाट यातना भोगेर फर्किएका नारीको सहायतामा होस्, महिला स्वास्थ्य कार्यक्रम अघि बढाउन होस् वा घरेलु हिंसाबाट पीडित महिलाको उद्धार कार्यमा होस् माइती नेपाल सधैं अग्रसर छ । माइती नेपालको महिमा त्यसै गाइएको होइन अनि अनुराधाको झूटो प्रशंसा पनि गरिएको छैन । वास्तविकता सबैका सामु स्पष्ट छ । 'बेचिएका पाँच जना चेलीको उद्धार भारतको सीतामढीबाट गरियो । माइती नेपालले विदेशमा यातना भोगेर फर्किएका तीन जना चेलीलाई आश्रय दियो । आज माइती नेपालले एचआइभी भएका महिलाहरूलाई लक्षित गरी स्वास्थ्योपचार कार्यक्रम संचालन गर्यो । माइती नेपाल नेपाल-भारत सीमामा तीनजना दलाल समात्न सफल भयो ।' यस्ता समाचार छापामा बारम्बार पढ्न पाइन्छन् । यस्ता समाचारले माइती नेपालको कार्य के हो बताइरहेका हुन्छन् । विगत १४ वर्षदेखि माइती नेपालले यस्ता थुप्रैै साहसिक कार्य गरेर आफूलाई महिलाका पक्षमा उभ्याएको छ ।
माइती नेपाल आज असहाय चेलीहरूको आश्रयस्थल बनेको छ । बेचिएका चेलीहरूको उद्धारमा माइती नेपाल खरो उत्रिएको छ तसर्थ नेेपालमा मात्र होइन विदेशमा समेत यसको कार्यको प्रशंसा हुन्छ । जुन चुनौतीपछिको मीठो सफलता हो ।
आपनै सन्तानलाई हेर्न धौधौ पर्ने अवस्थामा दुःख पाएका चेलीहरूको घाउमा मल्हम लगाउन अघि सर्ने कर्मठ हातलाई हामीले साधुवाद दिनैपर्छ । यस्तो संस्था स्थापना गरी हजारौ महिलाको उद्धार गरेर पुनर्जीवन प्रदान गर्ने साहसिक महिला अनुराधा कोइरालाको हिम्मत, धैर्य एवं निरन्तरताको जति प्रशंसा गरे पनि कम हुन्छ । पुनस्र्थापना गृहका रूपमा सुरु गरिएको माइती नेपालले उनकै निरन्तर प्रयासका कारण कार्यक्षेत्र विस्तार गर्न सकेको हो । जीवनको उत्तरार्द्धमा आएर यो अभियानमा लागेकी अनुराधाले पनि जीवनमा धेरै सुख-दुःख भोगेकी छिन् ।यद्यपि व्यक्तिगत स्वार्थ पन्छाएर परोपकार एवं लोककल्याणमा जुटेकी कोइरालाले आफ्नो जीवन सार्थक तुल्याइसकेकी छिन् ।
बाल्यावस्था
ओखलढुंगाको सम्पन्न तथा शिक्षित परिवारमा जन्मिएकी अनुराधा गुरुङका बुवा सैनिक सेवामा थिए । पारिवारिक पृष्ठभूमि निकै उदार थियो । आमाबुवाका दुई छोरी तथा चार छोरामध्ये उनी एक थिइन् । छोरीहरूलाई राम्रो शिक्षा दिनुपर्छ भनी अनुराधालाई विदेशमा पठाइयो । उतिबेला अध्ययनका लागि भारत जाने चलन भएकाले बुवाआमाले उनलाई पढ्न भारत पठाएका थिए । उनी बाल्यकालदेखि नै क्रियाशील एवं हक्की स्वभावकी थिइन् । बास्केटबलमा निकै रुचि थियो, पढाइमा पनि अब्बल थिइन् । विद्यालयमा पाँच जनाको समूह थियो । ती सबै नेता बनेर हिँड्थे । कुनै समस्या पर्यो भने व्यवस्थापनलाई घचघच्याउँथे । आपmनो रिपोर्ट कार्डमा आफैंले अभिभावकको सही गर्थिन् । उनको स्कुले जीवन निकै रमाइलोसँग बितेको थियो ।
उनका हजुरबुवा स्वयंपाक्य थिए भने फुपू प्रणामी थिइन् । घरमा सत्यनारायणको पूजा हुन्थ्यो । त्यो समयमा धेरै केटाकेटी जम्मा हुन्थे । उनको परिवार सांगीतिक परिवार थियो । उनले ३ वर्षको उमेरमै मणिपुरी नृत्य सिकेकी थिइन् । अनुराधाले पण्डित नेहरूका अगाडि प्रतिभा देखाउने अवसर पनि पाएकी थिइन् । गुुरुङ चेली अनुराधाको परिवार संयुक्त परिवार थियो । दसैं-तिहारमा कम छुट्टी हुन्थ्यो । देउसी नचाउँथे । आमाहरूले राति भूत लाग्छ भनी चामल फुकेर पठाउँथे । हजुरबुवा गाउँका सरदार थिए । गाउँमा रासलीला आयोजित हुन्थ्यो तर त्यहाँ केटाकेटीलाई जाने अनुमति थिएन । उनीहरू निकै ठट्यौली गर्थे । बटुवाले घर सोध्दा उल्टो बाटो देखाइदिन्थे ।
हजुरबुवा गाउँका न्यायाधीशजस्तै थिए । हजुरबुवाले नातिनीहरूलाई सिकार खेलाउन लान्थे । घरमा लैंगिक समानता थियो । छोराहरूलाई नेपाली स्कुलमा र छोरीहरूलाई विदेशी बेार्डिङ स्कुलमा भर्ना गराइएको थियो । त्यसैले उनको बाल्यकाल रमाइलोसँग बित्यो ।
सानैमा हरिश्चन्द्र
मामाघरका हजुरबुवाको चिया बगान थियो । त्यहाँ एउटी आमालाई बगैंचा हेर्न राखिएको थियो । उनीहरू तिनलाई बैजु भन्थे । बाहिरबाट केही नयाँ कुरा ल्याउनेबित्तिकै उनी बैजुलाई दिन्थिन् । उनको व्यवहार देखेर बाबुहरू जुत्ता देखाउँदै यसैको टोपी लगा भन्थे । उनले त्यसबेला यसको उत्तर आमासँग सोध्दा पनि पाउन सकिनन् । उनलाई घरमा सबैले हरिश्चन्द्र भन्थे । उनी कसैको दुःख देख्न सक्दिनथिन् ।
उत्साहजनक यौवन
अनुराधाले एसएलसीपछि कलकत्तामा अध्ययन गरिन् । त्यहाँ उनले बी. ए. गरिन् । कलकत्तामा मामा हुनुहुन्थ्यो । मामाको बंगाली भाषामा राम्रो दख्खल थियो । त्यहाँ उनको विवाहको कुरा निकै चल्थ्यो । उनले अहिले चलेका साडी, लेहेंगा, सरारा आदि सबै पहिरन लगाइन् । उनको केश निकै राम्रो थियो । चलचित्रमा जुन शैली देखियो उनी त्यसको नक्कल गरिहाल्थिन् । घरपरिवारबाट कुनै छेकवार थिएन । उनलाई फेसन एवं रमाइलो गर्न कसैले जित्न सक्दैनथ्यो । उनी नृत्य एवं संगीतप्रेमी थिइन् । यसरी अनुराधाको यौवनावस्था रमाइलोसँग बित्यो ।
वैवाहिक जीवन
अनुराधाले काठमाडांै आएपछि पढाउन थालिन् । पछि उनको दिनेशप्रसाद कोइरालासँग प्रेम विवाह भयो । कोइरालासँग उनको भेट १९ वर्षको उमेरमा भएको थियो । व्यक्तित्वका हिसाबले कोइरालाजस्ता पुरुष कमै हुन्छन् । परिवारबाट टीकाटालो गरी विवाह गरियो । अन्तरजातीय विवाह भएकाले केही कठिनाइ पनि थियो । यद्यपि लडाइँ-झगडा गदर्ैै विवाहको १८ वर्ष बित्यो । छोरा पनि भयो । अरू चारवटा बच्चा खेर गए । श्रीमान्-श्रीमतीबीचको बानी-व्यवहारमा निकै भिन्नता थियो । अहिले उनीहरू कानुनी रूपमा छुट्टएिका छैनन् तर सँगै पनि बस्दैनन् । कोइराला निकै शंकालु थिए । ढिलो भए कहाँ गएर आइस् भनेर गाली गर्थे । राति कुनै आवाज आयो भने तँलाई मान्छे भेट्न आए भन्थे । किन यस्तो गरेको भन्दा बढी माया भएर भन्थे । आखिर उनीहरूको विवाह सफल हुन सकेन ।
संघर्षका दिनहरू
वि.सं.२०४५ सालमा उनीहरू अलग भए । अनुराधा छोरा च्यापेर घरबाट निस्किन् । २०४६ सालतिर विभिन्न स्कुलमा अध्यापन गराइन् । २०४६ सालको आन्दोलनमा होमिइन् । काम गरेको तलब जम्मा गरी समाज सेवा गर्न थालिन् । पशुपतिका कुनै काम नभएका दिदीबहिनीहरूलाई नाङ्लो पसल थाप्ने काममा सहयोग गरिन् । ९ जनाबाट सुरु भएको काम २० जनाले गर्न थाले । सबैले उनलाई दैनिक २ रुपैंयाँ दिन्थे । केही समयपछि ३ हजारको पmल्याट लिइयो । सहयोगी साथीहरूले साथ छोडे । अनुराधाले ऋण गर्न थालिन् । युनिसेफमा ओनु नाम गरेकी जापानी महिला आइन् । ओनुले उनलाई सघाइन् । १९९४ सालदेखि गाउँगाउँमा जनचेतना कार्यक्रम लागू हुन थाल्यो । पिकेका विद्यार्थी, प्रहरी एवं पत्रकारहरूले सघाए । संस्था दर्ता भयो । उनीहरू गाउँ-गाउँ पुगे । माइती नेपाल चर्चामा आउन थाल्यो । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नँपरेन । पि्रन्स चाल्र्स आएर भेटेपछि अनुराधालाई विश्वव्यापी पहिचान मिल्यो । पि्रन्सले आपmनो चित्र बेचेको पैसाबाट माइती नेपालालाई जग्गा किनिदिए ।
टोलका मान्छेले पनि गौशालामा जग्गा किन्न प्रोत्साहित गरे । समयको बाध्यतामा उनले छोरालाई समय दिन सकिनन् । यो उनको जीवनको तीतो अनुभव हो । छोराले दुई वर्ष बाटो बिरायो । अहिले उनी प्रयास नामक संस्था खोलेर बसेका छन् । अहिले अनुराधा हजुरआमा बनेकी छिन् । उनी नातिनीसँग खेल्दा संसारै भुल्छिन् ।
मन्त्री पद
शाही शासन कालमा अनुराधा मन्त्री भइन् । मन्त्री हुनुअघि उनले गाइँगुइँ हल्ला सुनेकी थिइन्- कतिले फोन गरी तपाईंलाई मन्त्री बनाइँदैछ पनि भनेका थिए । उनलाई त्यो कुरा पत्याउन गार्हो भयो । पछि फोन आएपछि उनी हतप्रभ भइन् । अनुराधा भन्छिन्, 'त्यतिखेर मलाई के गरूँ, कसो गरूँजस्तो भयो । खाऊँ कि नखाऊँ भनेर सोचें तर अन्त्यमा मैले त्यो पद स्वीकार गरें ।' अहिले उनलाई त्यतिखेर मन्त्री भएको कुराले अचम्ममा पार्छ ।
माइती नेपालको कार्यक्षेत्र
सामाजिक जागरण ः बेचबिखनलगायत बालबालिका तथा महिलामाथि हुने अन्य किसिमका शोषणविरुद्ध जनचेतना अभिवृद्धिका लागि माइती नेपालले विभिन्न कार्यक्रम संचालन गरेको छ । जसमध्ये नाटक, र्याली, गीत तथा नृत्य पर्छन् । यो संस्थाले व्यावसायिक यौन शोषणबाट प्रभावित तथा अन्य युवाहरूको वकालत र दबाब सिर्जना गर्ने काम गर्दै आएको छ । बेचबिखनविरुद्ध सामाजिक दबाब सिर्जना गर्न र सोहीअनुरूप नीति निर्माण गर्न विभिन्न तहमा छलफल, गोष्ठी एवं अन्तक्रिर्या आदि कार्यक्रम आयोजना गरेर सामाजिक विकृति हटाउने पहल गर्दै आएको छ ।
उद्धार तथा पुनस्र्थापना केन्द्र ः बालबालिकाहरूको उद्धार गर्नु नै यो संस्थाको पहिलो कर्तव्य हो । उद्धार गरिएका बालबालिकाहरूको पुनस्र्थापना गर्ने कार्य पनि यसले गर्दै आएको छ । माइती नेपालले भारतमा बेचिएका महिलाहरूलाई मुक्ति दिलाउन भारतका सरकारी तथा गैरसरकारी संस्थाहरूसँग सहकार्य गर्दै बलियो सञ्जाल तयार गरेको छ । उद्धार गरिएका बालबालिका तथा महिलाहरूलाई अभिभावकहरूसँग मेल गराइदिने गरेको छ । त्यस्तै बेसहारा महिलाहरूका लागि पुस्र्थापनाको व्यवस्था गरेको छ ।
परामर्श तथा तालिम ः जोखिममा परेका बालबालिका तथा महिलाको उद्धार गरेर मात्र समस्या समाधान नभएको देखेर माइती नेपालले उनीहरूको मनोबल तथा आत्मविश्वास जगाउन विभिन्न परामर्श दिने काम पनि गर्दै आएको छ । माइती नेपालले निःशुल्क परामर्श प्रदान गर्छ । यो संस्थाले जोखिममा परेका बालबालिका तथा महिलाहरूका लागि विभिन्न सीपमूलक तालिम दिँदै आएको छ । आफूले लिएको तालिमलाई व्यावसायिक रूपमा अघि बढाउन यसले लघु कर्जा समेत प्रवाह गर्छ ।
कानुनी सहायता तथा परामर्श ः यो संस्थाले अन्यायमा परेका बालबालिका तथा महिलाहरूलाई न्याय दिलाउन पहल गर्ने, उनीहरूको न्यायालयसम्म पहँँच पुर्याउने एवं न्याय प्राप्तिका लागि अदालती काम-कारबाहीमा निःशुल्क कानुनी सहायता गर्ने काम गर्दै आएको छ । यसले जिउ मास्ने र जबर्जस्ती करणीसँग सम्बन्धित मुद्दा दायर गर्ने, वकालत गर्ने तथा मुद्दाको अन्तिम किनारा नलागुन्जेलसम्म अनुगमन गर्ने काम पनि गर्दै आएको छ ।
बालबालिकाको विकास ः बालबालिका भविष्यका कर्णधार हुन् । त्यसैले आमाले दुःख भोग्दैमा सन्तानले पनि दुःख भोग्नुपर्छ भन्ने छैन । बालबालिकाले सही वातावरण पाएनन् भने भोलि उनीहरू समाजका निम्ति अभिशाप बन्न सक्छन् । त्यसैले माइती नेपालले बालबालिकाहरूको अधिकारको संरक्षण गर्दै विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । शैक्षिक अवसरलगायत आधारभूत सुविधा उपलब्ध गराएर उनीहरूलाई शिक्षित नागरिक बनाउन बालगृह सञ्चालन गरेको छ । माइती नेपालले बालबालिकाहरूलाई शिक्षा प्रदान गर्ने योजनासहित टेरेजा एकेडेमी नामक विद्यालय संचालन गरेको छ ।
स्वास्थ्य सेवा तथा परामर्श ः माइती नेपालले जोखिममा परेका बालबालिका तथा महिलालाई सरल र सुलभ स्वास्थ्य सेवा एवं परामर्श उपलब्ध गराउँदै आएको छ । बालबालिका तथा महिला स्वास्थ्य उपचार, अनुगमन एवं परामर्शका लागि स्वास्थ्य उपचार केन्द्र पनि संचालन गरेको छ ।
माया र ममता ः एचआईभीबाट संक्रमित महिलाहरूलाई माया र प्रेरणा प्रदान गर्न माइती नेपालले विशेष कार्यक्रम संचालनमा ल्याएको छ । बेचबिखनलगायत विभिन्न रोगहरूबाट प्रभावित बालबालिका तथा महिलाहरूको सम्मानजनक जीवनयापनका लागि गोकर्ण र झापाको सतीघट्टामा स्नेहनगर सञ्चालन गरिएको छ । हस्पिटलमा आवासीय सुविधासँगै नियमित स्व्ाास्थ्य सेवा तथा परामर्श सेवा उपलब्ध गराइन्छ । माइती नेपालले बेचबिखनमा परी एचआईभी संक्रमित बालबालिका तथा महिलाहरूका लागि एन्टिरेट्रो भाइरल औषधि नियमित रूपमा प्रदान गर्दै आएको छ ।
माइती नेपाल काठमाडौं ः माइती नेपालको केन्द्रीय कार्यालय काठमाडौंमा छ । सुरुमा एक पmल्याटबाट सुरु भएको माइती नेपाल अहिले करिब १० रोपनी जग्गामा फैलिएको छ । माइती नेपालले सुरुमा १ रोपनी जग्गामा आफ्नो भवन निर्माण गरेको थियो । मुख्य कार्यालयमा सूचना केन्द्र तथा कानुनी सल्लाह केन्द्र आदि छन् ।
हाल महिला पुनस्र्थापना केन्द्रमा ४० जना महिला बस्छन् । शिशुगृहमा ३२ जना बालबालिका छन् । ब्वाइज होस्टलमा २८ जना केटा बस्छन् । माइती नेपाल गौशालाभित्र नै यी भवन छन् । यसबाहेक माइती नेपालका २८ जिल्लामा जनचेतनामूलक कार्यक्रम संचालनमा छन् । अझ कार्यक्रम बढाउने माइती नेपालको लक्ष्य छ ।
टेरेजा एकेडेमी
सन् १९९८ सालदेखि सुरु भएको टेरेजा एकेडेमीले द्वन्द्वमा परेका, प्रलोभनमा परी बिगि्रएका तथा यौन दुव्र्यवहारमा परेका बालबालिकाहरूलाई अध्यापन गराउँदै आएको छ । टेरेजाले सडक बालबालिकाहरूलाई पनि शिक्षा प्रदान गर्दै आएको छ । टेरेजाले विशेष गरी छात्राहरूलाई प्राथमिकता दिने गरेको छ । हाल कक्षा दससम्म पढाइने यो विद्यालयले १२ कक्षासम्म अध्यापन गराउने लक्ष्य लिएको छ ।
पुनस्र्थापना गृह
काठमाडौंस्थित पुनस्र्थापना गृह घरबारविहीनहरूका लागि बनाइएको हो । जो शारीरिक तथा मानसिक रूपमा पीडित छन्, उनीहरूका लागि यो गृह भरपर्दो आश्रयस्थल बनेको छ । त्यहाँ बसुन्जेल सबैले सुरक्षा एवं उपचार पाउँछन् । माइती नेपालले केस मेनेजमेन्ट प्रणालीअन्तर्गत यहाँ आश्रय दिन्छ । उनीहरूलाई परामर्श दिइन्छ, काउन्सिलिङ गरिन्छ । यहाँ बसेको अवधि भरमा चेली तथा बालबालिकाहरूमा आत्मविश्वास पलाउँछ ।
माइती नेपालमा बिसाइएका कथा
माइतीको पर्यायवाची माइती नेपाल
माइती भन्ने शब्द चेलीहरूका लागि एकदमै महत्त्वपूर्ण हुन्छ । म माइती नेपालमा आएको करिब १४ वर्ष भयो । म यसलाई पवित्र मन्दिर भन्न रुचाउँछु । माया भन्ने शब्दको अर्थ मैले माइती नेपालमा आएपछि थाहा पाएँ । ममताको अनुभव पनि यहीं गरें ।
करिब १५ वर्षअघि म आपmनी दिदीसँग गलैंचा बुन्न काठमाडौं आएकी थिएँ । एउटा कारखानामा हामीले ५ महिना जति काम गर्यौं । त्यहाँ हामीलाई तलब दिइएन । तलब नपाएपछि हामीले त्यहाँबाट भाग्ने निर्णय गर्यौं । भागेर आउने क्रममा गौशाला आइपुगेछौं । हामीलाई त्यो ठाउँ गौशाला हो भन्ने पनि थाहा थिएन । त्यहाँ हामीले आफ्नो गाउँले दाइले चलाउने गाडी देख्यौं । गाडी चढेर दाइलाई धेरै खोज्यौं । संयोगवश त्यही बेला अनुराधा दिदी आउनुभयो । हामीलाई अलपत्र अवस्थामा देखेर कता जान लागेको भनी सोध्नुभयो । किन यो गाडीमा चढ्न खोजेको भनेर उहाँले हामीसँग प्रश्न गर्नँभयो । हामीले आफ्नो सबै कथा सुनायौं । त्यसपछि उहाँले हामीलाई माइती नेपालमा ल्याउनुभयो, संरक्षण दिनुभयो । यहाँको बसाइमा मैले विभिन्न सीपमूलक तालिम लिएँ । मैले बेलाबखत चेतनामूलक कार्यक्रम लिएर गाउँ-गाउँ गएर बेचबिखनविरुद्ध र अन्य सामाजिक समस्याका विषयमा सचेत बनाउने काममा सहभागी हुने अवसर पनि पाएँ । एसएलसी पनि राम्रोसँग उत्तीर्ण गरें । यहाँबाट मैले सधैं काम गर्ने हौसला र हिम्मत पाएकी छु ।
म्ौया घताने
अपराधीहरूले कडा सजाय पाउनुपर्छ
सन् २००२ देखि म क्रिस्चियन धर्ममा आस्था राख्न थालें । २००३ देखि मैले चर्चमा केही शिक्षा हासिल गरें । मेरो भेट भक्तपुर इम्यानुएल चर्चमा कुकको काम गर्ने डेविडसँग भयो । १ वर्षपछि म चर्च छाडेर आफ्नै घर नुवाकोट फर्किएँ । डेविड मलाई फोनमा सम्पर्क गरिरहन्थ्यो । घरमा पनि भेट्न आइरहन्थ्यो । दिनहरू बित्दै गए । उसले मलाई काठमाडौं बोलायो । म काठमाडौं आएर ऊसँगै बस्न थालें । सन् २००७ को चुनावताका उसले मलाई भारत जान आग्रह गर्यो अनि घरमा आएर आमालाई पनि फकायो । उसले धेरै राम्रा-राम्रा सपना पनि देखायो ।
एकदिन डेविड र म काठमाडौंबाट काँकडभित्ता गयौं । डेविडको एकजना साथी पनि सँगै थियो । अर्को दिन सिलिगुडी हुँदै कलकत्ता पुगेर एउटा होटलमा बस्यौं । डेविडको साथी दिदीलाई भेट्न गयो र पछि एउटी आइमाईसँग होटलमा आयो । उसले मलाई आफ्नी दिदी भनेर चिनायो । त्यो आइमाईले मलाई आसामको रेडलाइट एरियामा पुर्याई । त्यहाँ पुगेपछि मात्र मैले आफू बेचिएको थाहा पाएँ । एकदिन म त्यहाँबाट भाग्न सफल भएँ । नयाँ ठाउँमा जता पुगिन्छ उतै रुँदै, हिँड्दै थिएँ । मलाई पुलिस स्टेसन लगियो । केही दिन पुलिस स्टेसनमा राखेपछि मलाई भारतको आश्रयस्थलमा लगियो । त्यसपछि मलाई काँकडभित्ताको माइती नेपालमा पठाइयो । त्यहाँबाट म गौशालाको पुनस्र्थापना केन्द्रमा आइपुगें ।
मलाई झूटो सपना देखाएर फसाइयो । मैले धेरै दुःख र यातना सहनुपर्यो । मैले जस्तै धेरै दिदी-बहिनीले यस्तो यातना सहनुपरिरहेको छ । त्यस्ता चेली बेच्ने ठगहरूलाई कडा सजाय दिनुपर्छ । म भाग्यमानी थिएँ । मलाई माइती नेपालले यातनाबाट मुक्ति दिलायो ।
जमुना
एचआईभीको अर्को कथा
जस्मिनलाई मुम्बईको वेश्यालयबाट उद्धार गरेर ल्याउँदा उनमा एचआईभी देखिएको थियो । उनी ४ वर्षदेखि शरीर बेच्दै थिइन् । उनलाई आफूमा एचआईभीको जीवाणु छ भन्ने कुरा थाहा थिएन । एचआईभी पीडित भएको खबर सुनेपछि उनी भक्कानिएकी थिइन् । त्यसपछि उनलाई काउन्सिलिङ गरियो । आत्मविश्वास जगाउने कार्य भयो । अहिले उनी माइती नेपालमा छिन् । उनको हेरचाह भैरहेको छ । अहिले पनि उनको आँखाबाट आँसु बगिरहन्छ । उनी जीवनदेखि निराश छिन् । उनलाई आफू रोगबाट पीडित भएको भन्दा पनि भारतमा रहेकी आफ्नी छोरीको चिन्ताले सताएको थियो । माइती नेपालमा उनी आएको करिब एक महिनापछि उनकी छोरीलाई पनि नेपाल फर्काइयो । नियमित स्वास्थ्य जाँच गराउने प्रतिबद्धताका साथ उनी घर फर्किन् ।
जस्मिन -(नाम परिवर्तन)
एकपटकको चोट अनि दुई पटकको लाज
छोरीको भविष्य उज्वल बनाउने सपना बुनेर कुवेत छिरेकी २७ वषर्ीर्या सुकुमाया अब जस्तै आपत् परे पनि विदेशी भूमि नटेक्ने कसम खाएर फर्किएकी छिन् । उनी विवाहित महिला हुन् । उनकी ९ वर्षकी छोरी छिन् । श्रीमान्सँग अलग्गिएपछि सुकुमाया कतार लागेकी थिइन् । पहिले उनले साउदी अरबमा दुई वर्ष बिताएकी थिइन् । अरबमा उनले राम्रोसँग समय बिताएकी थिइन् तर भिसाको म्याद सकिएपछि उनी नेपाल फर्किन् । काठमाडौं आएको तीन महिनापछि उनले पुरानै एजेन्टमार्फत कुवेत जाने विचार गरिन् । कुवेतको यात्रा निकै कठिनाइका साथ सुरु भयो । सुकुमायाले निकै दुःखका साथ नेपाली सीमा पार गरिन् । दिल्लीमा उनी टिकटका लािग २ हप्ता बसिन् । कुवेत पुगेपछि उनका कष्टका दिन सुरु भए । त्यहाँ उनले शारीरिक तथा मानसिक यातना बेहोर्नुपर्यो । ठूलो घरमा हरेक दिन नयाँ-नयाँ परिकार बनाउनुपथ्र्याे । सास फेर्ने फुर्सद हुँदैनथ्यो । काम गर्न नसकेपछि उनले आफूलाई नेपाल फर्काउन आग्रह गरिन् । लामो कुराकानीपछि उनलाई नेपाल फर्काइयो । कुवेतको छोटो बसाइमा उनले कुनै हालतमा विदेश नआउने निधो गरिन् । सुकुमाया भन्छिन्- सरकारी तवरबाट कुनै कानुन बनेन भने नेपाली चेलीहरूले विदेशमा दासभन्दा पनि दयनीय जीवन यापन गर्नुपर्नेछ । त्यसैले अब छिट्टै नियम-कानुन बन्नुपर्छ । लाइसेन्स नलिएका एजेन्टहरूको अनुगमनका लागि टोली गठन गर्नुपर्छ । महिलामाथि हुने हिंसा रोक्न म्यानपावर कम्पनीहरूले पनि भूमिका खेल्नुपर्छ ।
सुकुमाया परियार
माइती नेपालको प्रारम्भ
स्कुल पढाउने क्रममा अनुराधा कोइराला पशुपति जान्थिन् । उनले त्यहाँ तीनजना बालिकालाई भेट्थिन् । तिनलाई भेट्दा अनुराधामा कौतूहलता जाग्थ्यो । उनीहरूलाई तिमीहरू कहाँबाट आयौ भन्ने प्रश्न गर्दा उनीहरू कुरा टार्थे । एकदिन उनीहरूले आपmनो गुम्सिएको दुःख अनुराधासमक्ष बिसाए । उनीहरू भारतमा बेचिएर नेपाल फर्किएका चेली रहेछन् । उनीहरूले आपmनो गाउँमा बस्न नसकीे काठमाडौंमा शरण लिएका रहेछन् । जीवनको यस्तो दुःखान्त कथा सुनेर अनुराधाले उनीहरूलाई सहयोग गर्ने निर्णय गरिन् । अनुराधाले आपmनै खर्चमा उनीहरूको गास-बासको व्यवस्था मिलाइन् । तिनै तीन जनाले अनुराधालाई आमा र उनको वासस्थानलाई माइतीको संज्ञा दिए । यसरी अनौपचारिक रूपमा माइती नेपालको प्रारम्भ भयो । बेचबिखनलगायत बालबालिका तथा महिलामाथि भैरहेका सबै प्रकारका अन्याय तथा शोषणविरुद्ध लड्ने अठोटका साथ वि. सं. २०४९ सालमा माइती नेपालको स्थ्ाापना भयो । माइती नेपाल पहिले पुनस्र्थापना केन्द्रका रूपमा खोलिएको थियो । पछि माइती नेपालले लक्ष्य तथा कार्यक्षेत्र विस्तार गर्यो ।
अनुराधा कोइरालाले पाएका एवार्ड
आउटस्टान्डिङ मेनेजमेन्ट एवार्ड २००८
-मेनेजमेन्ट एसोसियसन अफ नेपाल)
जर्मन युनिफेम प्राइज २००७ -जर्मनी)
क्विन सोफिया सिल्भर मेडल २००७ -स्पेन)
बेस्ट सोसल इन्टरप्रेनर २००५
-एवार्ड बाइ बोस पत्रिका)
एम्बेसर फर पिस
-इन्टरनेसनल पिस काउन्सिल)
राष्ट्रिय नारी सम्मान २००५
-शान्ति विकास अभियान)
२००२ त्रिशक्ति पदक -सरकारका तर्फबाट)
२००० बेस्ट सोसल
-वर्कर नेपाल विमन एसोसियसन) ।
सहकर्मीहरूको नजरमा अनुराधा
अनुराधा परिश्रमी, साहसी एवं सहयोगी छिन् । माइती नेपालले आफ्नो उद्देश्यमा निकै सफलता हासिल गरेको छ । दलालहरूलाई सीमामै कारबाही गर्न सफल माइती नेपालको योगदान प्रशंसनीय छ । झट्ट हेर्दा अनुराधा एक सामान्य महिला हुन् । हामीले लामो समय सँगै काम गरेका छौं । उनले सामाजिक क्षेत्रमा आफ्नो जीवन अर्पण गरेकी छिन् । जस्तोसुकै धम्की आए पनि नडराउने र काम गर्न भनेपछि ज्यानै फाल्ने बानीले उनी सफल भएकी हुन् । चञ्चलता उनको कमजोरी हो । रमाइलो गर्ने कुरामा अनुराधालाई कसैले जित्न सक्दैन । म उनलाई सहयोगी बहिनी मान्छु ।
दुर्गा घिमिरे, अध्यक्ष एबीसी नेपाल
मैले उनलाई पहिलो पटक हनुमान ढोकामा भेटेकी हुँ । २०५४ सालताका म जिप्रका काठमाडौंमा रहँदा उनी महिला तथा बालबालिकाहरूको ट्राफिकिङको केसमा हतारिँदै मोटरसाइकलमा आउँथिन् । महिलाहरूको हकमा उनले गरेको काम प्रशंसनीय छ । मैले उनीजस्ती जुझारु महिला भेटेकी छैन । स्पष्टवक्ता कोइरालाले समाजको पुनर्निर्माणमा ठूलो योगदान दिएकी छिन् । उनी आदर्श नेपाली महिलाकी उदाहरण हुन् । झनक्क रिसाइहाल्नु उनको कमजोर स्वभाव हो । एकपटक पत्रिकामा हाम्रो तस्बिर प्रकाशित भएको थियो । उनी हात जोडिरहेकी थिइन् म अलिक बेवास्ताको मुद्रामा थिएँ । त्यो पोज हामीलाई थाहै नदिई खिचिएको थियो । भोलिपल्ट पत्रिकामा हाँसोलाग्दो क्याप्सनका साथ उक्त तस्बिर प्रकाशित भयो जुन म कहिल्यै भुल्न सक्दिन । पुलिस फोर्ससँग अनुराधाको सहकार्य राम्रो छ । उनकै पहलमा पुलिस फोर्स र माइती नेपालको सम्बन्ध राम्रो भएको हो ।
किरण बज्राचार्य, डीएसपी
म उनलाई नेपालकी मदर टेरेसा भन्न रुचाउँछु । उनी वषौर्ंदेखि एकचित्त भै चेलीबेटी बेचबिखनको मुद्दामा लागिपरेकी छिन् । उनी महिलाहरूको अधिकार एवं न्यायको सुनिश्चितताका लागि निरन्तर खटिएकी छिन् । उनी संस्थागत वा व्यक्तिगत रूपमा जोकसैलाई पनि सहयोग गर्न पछि हट्दिनन् । म उनलाई अधिकारकर्मीका रूपमा हेर्छँ । मानव बेचबिखनको कानुनी मस्यौदा तयार गर्दा उनको अधिकारवादी दृष्टिकोण पाएकी थिएँ । महिलाहरूलाई सशक्त बनाएर विदेश पठाउन हुन्छ भन्ने धारणा मैले उनमा भेटेकी छु । तेस्रो लिङ्गीको मुद्दामा पनि उनले सघाइन् । हाम्रो लक्ष्य एउटै भए पनि अवधारणा फरक छन् । उनको मन सामान्य महिलाको जस्तो कमलो छ । उनी आफ्नो काममा अपटुडेट छिन् । उनको नेटवर्क नेपालमा मात्र होइन विदेशमा पनि निकै राम्रो छ । कहिलेकाहीँ आक्रोशपूर्ण अभिव्यक्तिका कारण उनीमाथि आक्षेप पनि आएको छ ।
सपना मल्ल, अधिवक्ता
अनुराधा बहुआयामिक व्यक्तित्वकी धनी एवं समाजसेवी हुन् । चेलीबेटीको उद्धार गरेर मात्र होइन संस्थालाई स्थापना गर्नु पनि ठूलो चुनौती हो । उनी अप्ठ्यारो परेकालाई सहयोग गर्छिन् । म उनीसँग माइती नेपाल स्थापना हुनुअघिदेखि नै परिचित थिएँ । उनी निकै संघर्षशील छिन् । बिरामी पर्दा पनि उनी काममा लागिरहन्छिन् । बेलाबेलामा म उनलाई धेरै काम नगर भनेर सम्झाउँछु । उनी नेपालका औंलामा गन्न मिल्ने महिलामा पर्छिन् । मैले समय-समयमा उनको आलोचना सुनेकी छु । काम गर्नेले आलोचना खेप्नु सामान्य हो । हरेक मानिसबाट गल्ती हुन्छ तैपनि सामाजिक काममा जस पाउन अझ कठिन छ ।
शान्ता थपलिया,अधिवक्ता
माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला महान् महिला हुन् । उनले आफ्नो व्यक्तिगत जीवनलाई एकातिर छाडेर समस्यामा परेका महिला दिदी-बहिनीलाई जीवनदान दिएकी छिन् । उनी सम्पूर्ण महिलाकी उदाहरण हुन् । नेपाली महिलाहरू मात्र होइन विदेशी महिलाहरू पनि उनको कामबाट प्रभावित छन् । शालीन व्यक्तित्वकी धनी अनुराधा दिदीलाई गीत-संगीत निकै मनपर्छ भन्ने कुरा थाहा पाएर म धेरै खुसी छु ।
नलिना चित्रकार,गायिका
अनुराधासँग अन्तर·
धर्ममा विश्वास छ ?
एकदम छ ।
जीवन के रहेछ ?
महत्वपूर्ण ।
यति फिट कसरी हुनुहुन्छ ?
काम र सन्तुलित खाना ।
कति घन्टा काम गर्नुहुन्छ ?
दैनिक १५ घन्टा ।
नेपाली खानामा के मनपर्छ ?
दाल-भात ।
मनपर्ने नेपाली चलचित्र ?
माइतीघर र कुसुमे रुमाल ।
मनपर्ने गायक-गायिका ?
अरुणा लामा र गोपाल योञ्जन ।
मनपर्ने र· ?
गुलाबी ।
जीवनबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
बाल्यकालबाट सन्तुष्ट, वैवाहिक जीवनबाट असन्तुष्ट छु ।
नारी शक्तिलाई कसरी परिभाषित गर्नुहुन्छ ?
नारी सर्वगुणसम्पन्न छन् । समयअनुसार आमा र कालीको रूप धारण गर्ने क्षमता नारी जातिमा छ । सहनशक्ति नारीको मुख्य अस्त्र हो ।
कस्ता प्रकृतिका मानिसदेखि घृणा लाग्छ ?
देखावटी बानी-व्यवहार भएकाहरूदेखि ।
तपाईंको नराम्रो बानी ?
चाँडै रिसाउने ।
जीवनको उपलब्धि के हो ?
माइती नेपालको सफल यात्रा ।
किनमेल गर्न कत्तिको रुचि छ ?
किनमेल बाल्यकालदेखिकै रुचिको विषय हो, समय पाए गर्छु ।
अनुराधा कोइरालालाई एक वाक्यमा परिभाषित गर्नुपर्दा ?
समाजका लागि केही गर्न खोज्ने सामान्य महिला ।
आफूलाई कसरी अपटुडेट राख्नुहुन्छ ?
टेलिभिजन हेरेर पत्रिका पढेर तथा इन्टरनेट सर्च गरेर ।
केमा रमाउनुहुन्छ ?
गाउन र नाच्न पाए सबैभन्दा
खुसी लाग्छ ।
सबैभन्दा धेरे पैसा केमा खर्च गर्नँहुन्छ ?
कटनको धोती खरिद गर्दा खर्च गर्छु ।
मोबाइललाई के मान्नुहुन्छ ?
संचारको एकदम सजिलो माध्यम ।
अनुराधा कोइराला समाजसेवाका क्षेत्रमा परिचित नाम हो । माइती नेपाल नामक संस्थामार्फत् असहाय महिलाहरूलाई सहयोग गर्दै 'सर्वजन हिताय सर्वजन सुखाय' को मन्त्र जपेकी कोइरालाको जीवन प्रशंसनीय छ ।
प्राध्यापन छाडेर माइती नेपालमा सक्रिय हुनुको कारण ?
नेपाली समाजमा चेलीबेटी बेचबिखनका समस्या धेरै छन् । मैले सुरु गर्नुअघि बेचिएका चेलीका पक्षमा काम गर्ने संस्थाहरू थिएनन् । फेरि म सानैदेखि अरूको दुःख देख्न नसक्ने कोमल स्वभाव भएकी र कसैलाई सहयोग गर्न पाउँदा खुसी हुने भएकीले प्राध्यापन छाडेर माइती नेपाल खोलेकी हुँ । यसले बेचिएका चेलीहरूको उद्धार गरी उनीहरूलाई समाजमा पुनर्मिलन एवं पुनस्र्थापना गराउँछ ।
आजसम्म माइती नेपालले कहाँ-कहाँबाट चेलीहरूको उद्धार गरेको छ ?
माइती नेपालले स्वदेशमै बेचिएका तथा अन्य हिंसामा परेका महिलाहरूको उद्धार गरेको छ । साथै सीमापार एवं समुद्रपारबाट समेत चेलीहरूको उद्धार गरेको छ । विशेष गरी भारतमा बेचिएका नेपाली चेलीहरूको उद्धार कार्यमा यसले उल्लेख्य सफलता पनि प्राप्त गरेको छ ।
नेपालका महिलाहरूको समग्र स्थिति कस्तो छ ?
अन्य अविकसित देशका तुलनामा नेपालका महिलाहरूको स्थितिलाई सन्तोषजनक नै मान्न सकिन्छ । अवसर मिलेको खण्डमा नेपाली महिलाहरू संसारका कुनै पनि देशका महिलाहरूसँग प्रतिस्पर्धा गर्न सक्छन् तर नेपाली महिला अवसरबाट वञ्चित छन् । उनीहरू निणर्ायक तहमा पुग्न सकेका छैनन् । उनीहरू विभिन्न निहुँमा हुने शोषण भोग्न बाध्य छन् ।
महिलालाई निणर्ायक तहमा ल्याउन के गर्नुपर्छ ?
महिला सशक्तीकरणमा जोड दिनुपर्छ । औपचारिक शिक्षाको मूलधारमा महिलालाई समेटेर लैजान राष्ट्रले विशेष नीति ल्याउनुपर्छ । यसका अतिरिक्त केही संस्कारजन्य सोचमा समेत परिवर्तन ल्याउनु आवश्यक छ ।
महिलाहरू आपसमा नमिल्नाले अघि बढ्न नसकेका हुन् त ?
यसमा कुनै सत्यता भएजस्तो लाग्दैन । महिलाहरू एकआपसमा फुटेका छैनन् । यद्यपि चेतनाको अभावका कारण यस्तो भएजस्तो देखिन्छ । समाजमा पितृसत्तात्मक सोच व्याप्त छ । यस्तो वातावरणमा हुर्किएका महिलाहरूमा आपसी सम्बन्धमा तालमेल नमिल्नु स्वाभाविक हो ।
महिलालाई सक
महिला अधिकार भित्र के छ ?

Thanks for such an amazing post it is. Vashikaran specialist in UK
ReplyDeleteReally wonderful post you shared. Vashikaran Specialist In Islam - Black Magic Islam
ReplyDeleteImpressive work. Love solution specialist
ReplyDeleteNice posts. Thanks, for sharing from Best astrologer.
ReplyDeleteAny problems like love problem solution, how to get ex lost love back, love vashikaran, specialist baba, black magic specialist, husband-wife marriage life all kind of problem solved by Moulana Ji over a phone call.
ReplyDeleteReally impressive. Thanks for share such knowledge. Black magic specialist in chennai
ReplyDelete