मानव समाजले आधुनिकता अँगाल्दै गएपनि न भूतको डर हटेको छ, न भगवानप्रतिको भरोसा। महोत्तरीको सदरमुकाम जलेश्वरदेखि २७ किलोमिटर उत्तर-पश्चिम सोनामाईस्थानमा यो दशैंमा पनि हजारौं भक्तजन भूतलाई जित्न देवीको शरणमा आए। मेलामा भारतको बिहार, राजस्थान, महाराष्ट्रलगायत नेपालका विभिन्न ठाउँबाट आफूलाई भूतप्रेत पीडित ठान्ने नरनारी आउँछन्। त्यस्ता मानिस मेलामा आउनेबित्तिकै उनीहरूमा भूत खेल्न थाल्ने जनविश्वास देखिन्छ। यो वर्ष ३० हजार भक्तजन आएको मेला व्यवस्थापन समितिको हिसाब छ।
सोनामाईमा भूत धपाउने मेला लाग्न थालेको २०० वर्षभन्दा बढी भएको अनुमान छ। घटस्थापनादेखि शुरु भएर नवमीका दिन समापन हुने मेला दिनभर पूजा र रामरमाइलोसँगै सप्तमी र अष्टमीको रात उत्कर्षमा पुग्छ। भूतप्रेतबाट मुक्त हुन चाहनेहरू रात पारेरै मन्दिर परिसरमा आउँछन्। दिउँसो पूजापाठमा व्यस्त पुजारी रातभर जाग्राम बसेर भूतमेलाको नेतृत्व गर्छन्। १६ वर्षदेखि मन्दिरको पुजारी रहेका केदार झ्ाका अनुसार भूत हटाउने र सन्तान सुख प्राप्त गर्ने अवसर मानिने सोनामाई मेला भरेपछि मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। पुजारी झ्ा भन्छन्, “अहिलेसम्म माताको आशीर्वाद खेर गएको छैन।”
|
भूतमेलामा भेटिएका बिहार सुरसण्डका आनन्द सिंह (२४) र नेहा (१९) ले भूत लागेकाले विवाहको डेढ वर्षमा पनि सँगै बस्न नसकेको बताए। घटस्थापनाकै रातदेखि ठूलो विश्वासले मेलामा सहभागी यो जोडीलाई अष्टमीको राति पुजारी झ्ाले चुरईल (चुडेल-बोक्सी) लागेको खुट्याउँदै पूजा गरेर आशीर्वाद दिएका छन्। उनीहरूको भनाइमा, चुरईल लागेका पुरुष पुरुषसँगै र महिला महिलासँगै सहवास गर्न उद्यत हुन्छन्, एक्लै सुत्दा पनि समलिङ्गीसँगै यौनालाप गरिरहेको ठान्छन्। नवमीको दिउँसो मेलामा भेटिएकी महोत्तरी खैरवनाकी निर्मला देवीले बुहारी रुक्मिणीको भाकल लिएर आएको बताइन्। भूतमेला भरेपछि मात्र बुहारीले नाति जन्माएको सुनाउँदै उनले भनिन्, “त्यसकारण, पुजारीको निर्देशन अनुसार माईको दर्शन गर्न आएका हौं।” प्राध्यापक नगेन्द्र दुवेका अनुसार आनन्द, नेहा, निर्मलादेवी जस्ता आस्थावान मानिसहरूको वार्षिक भीड नै सोनामाईको भूतमेला हो। स्थानीय समाजले विश्वास गर्ने यस्ता मेलालाई सुधारका साथै व्यवस्थित गर्नुपर्ने बताउँदै उनी भन्छन्, “भूतप्रेत भनेको मनोवैज्ञानिक समस्या भएकाले यस्ताखाले मेलाहरूमा वैज्ञानिक सुधारको खाँचो छ।”
नेपाल प्रज्ञा-प्रतिष्ठानका संस्कृति विभाग प्रमुख रामभरोस कापडि हरेक समाजमा पाइने भूतप्रेतप्रतिको अन्धविश्वास समाज विकासको गतिसँगै घट्दै जाने बताउँछन्। कापडि मिथिलाक्षेत्रमा भूतप्रेतको पूजापाठलाई सामाजिक बिदा मनाउने तरिकाको रूपमा पनि व्याख्या गर्छन्। “मिथिलामा महिलाहरू घरबाट निस्कने चलन नै नभएको अवस्थामा उनीहरूले उन्मुक्तिका लागि विभिन्न काल्पनिक प्रयोजनहरू अगाडि सारेका हुनसक्छन्”, उनी भन्छन्।
Good one it is. Love Problem Solution Baba ji
ReplyDeleteNice this work. Black magic specialist in Chennai - Black Magic Islam
ReplyDeleteReally impressive piece of information you guys shared. For further knowledge about Black magic specialist in chennai click on the given link.
ReplyDelete